तिमी ढिलो भयौ । मेरो जीवन प्रेम प्रतिशोधको अनन्त यात्रामा लिन छ । अब तिम्रा प्रेमालापले यो यात्रामा अबरोध गर्न सक्दैन । मेरो प्रेमलाई तिमिले कुल्चियौ , प्रेम गलत थियो म गलत थिएँ ।
निराकार चिन्तनको मार्ग अत्यन्त साँघुरो छ । तिमी पनि बरु प्रेम प्रतिशोधको यो यात्रामा सरिक होउ , तिमिलाइ हार्दिक स्वागत छ । माया र मोहको भुमरीमा अल्झिनु व्यर्थ छ । मैले भने नि प्रेम मानव सभ्यताले पछ्याएको महापाप हो ।
एक युवक र युवती बिचको किञ्चित यौन भावनामा मात्रै प्रेम पाप होइन , मान्छेको जीवन सुरु भएको दिनदेखी जिवन्त - परिवार, साथीभाइ, समाज र सृष्टि तथा आफ्नै जीवन प्रतिको मोहित भाव पनि प्रेम नामको महा पाप हो । साकार कुरा मात्रै सत्य छ भन्ने भ्रमबाट मुक्त होउ, सृष्टि संचालन पद्धति निराकार छ ।
मान्छेको जीवन
प्रेमका लागि होइन,प्रेम मान्छेका लागि पनि होइन । पाप गर्न सजिलो
छ,सन्तुष्टि को अर्को रुप पाप हो । मान्छे पाप गर्न जन्मेको जस्तो जन्मिदै
पापलाई पछ्याउँदै आयो । शारीरिक सन्तोष आत्मासन्तोष को दुश्मन हो । शरीर त
साधनाले आत्माको परिसुद्धी का लागि प्रदान गरिएको उपहार हो । तिमी त्यही
शरीर को लालचमा सन्तुष्टि खोज्न थाल्यौ । शरीर पापको डल्लो हो, पापको
डल्लोले नै सत्यसाधना गरि आत्माशान्ती गराउनु नै यस जीवन को परम कर्तब्य हो
।
मन के हो भन्छौ ? मन पनि यहि शारीरिक पापको दुष्चक्रको अभिन्न त हो । शारीरिक सुखको अन्तर चेतना नै मन को खुसी होइन र ? प्रेमयुक्त सांसारीक मोहरुपी जीवन मिथ्या हो । सत्य खोज्नु जरुरी छ । सत्याग्रह ।
त्यसैले तिमिलाइ यो प्रेमप्रतिशोध को यात्रामा सप्रेम सामेल हुन निशेध गरिएको छ ।

No comments:
Post a Comment