My Story

Sunday, December 27, 2015

न कथा न कथुनी

बिपी तिमिल्सैना 
कथा न कुथुनी


सर नमस्कार ! आवाज पछडीबाट आएको थियो । पछाडी बाट गरिएको नमस्कारमा सन्देह राखिरहनु उचित थिएन किन कि त्यो मेरो लागि थिएन । हेलो सर ! कुममा हात राख्दै कसैले नम्रम स्वोरमा पछाडीबाटै बोल्यो । फनक्क फन्किएँ उसले फेरि हात जोडि नमस्कार गर्यो प्रतिउत्तरमा नमस्कार जस्तो गरिदिएँ किन कि हरेक सनिबार पानी ल्याइदिने दाइले , खाट ओसारेर ल्याइदिने रिक्सावाला दाइले र कहिले कसो यस्तै यस्तै मान्छे हरुको नमस्कार पाउने मैले त्यहाँ पनि त्यो भन्दा गतिलो आशा गर्नु मुर्खता थियो ।
"मैले त चिनिन नि ...हजुर ...को ?"
"चिन्न त मैले पनि चिनेको छैन यद्यपि हामी मान्छे हौँ नि प्रभु द्वारा निर्मित ।" उसले भन्यो ।
मैले उ को हो भन्ने बुझेँ । अनि सोधेँ प्रभु चै को द्वारा सृजित ?
उसले मेरो अस्विकार को तरि
का बुझ्यो र भन्यो " हेर्नुस सर यशु ख्रीष्टको जन्म मानव गर्भ बाट भएको थियो तर त्यो ईश्वरीए रुप थियो । प्रभुले वहाँलाई मानिसको उद्दार गर्नका खातिर यस धर्तीमा पठाउनु भयो ।
"जसले यशु ख्रीष्टलाइ पठाउनुभयो वहाँ को जन्म कसरी भयो "
मेरो प्रश्न सुनेर फेरि सोध्यो "बाइबल" पढ्नुभयो ?
"यी सबै प्रश्नहरु बाइबल पढेपछी मात्रै उत्पन्न भएका हुन"
" के बुझ्नुभयो "
" एउटा सफल भ्रम "
" सर "बाइबल" सफल भ्रम कसरी भयो ?" ?
"oo sorry sorry ! त्यो सफल भ्रम भन्दा उत्कृष्ट साहित्य हो ।"
"साहित्य ?"
" हो एउटा उत्कृष्ट साहित्य ! रामायण,महाभारत,गिता,बाइबल,बेद बेद्दान्त सबै उत्कृष्ट साहित्य हुन पढ्दा बडा मजा आउँछ तर सबैमा भ्रम छ अहम छ एक किसिमको ।"

"हेर्नुस बाइबल पबित्र छ त्यहाँ जे उल्लेखित छ त्यो मानव सभ्यताको बिकासमा सत्यसाबित छ " उ जोसिदै बोल्यो ।

"बेदले पनि युग को बर्गिकरण गरेको छ जसानुसार यो कलि युग हो कलि युगमा के के घट्ने छ त्यहाँ पनि उल्लेख छ जो हामीले भोगिरहेका छौँ ।"
बेदको व्याख्या सुनेपछी झन्कियो क्यारे भन्यो " जे सुकै भन्नुस प्रभुलाइ बिश्वास नगर्नेहरुलाइ प्रभुले रक्षा गर्नुहुने छैन "

" तपाईहरुको प्रभुले बाच्न दिदैन "
"बाँचन दिदैन ? प्रभुले धर्तीमा विभिन्न रोगीहरुको रोग निको पार्नुभयो कोणी लाई कोण मुक्त पार्नु भयो "
" रक्तदान गर्नुभएको छ ? "
"छैन प्रभुले मानव जातीका लागि रगत बगाइसक्नुभएको छ हाम्रा लागि त्यो आवस्यक छैन "
"मानौ तपाइको छोरा अस्पताल मा रगतको अभावमा छटपटाइरहेको छ रगत दिनुहुन्छ ??"
"दिन्न, त्यो बाइबलमा बर्जित छ यदि त्यसो भयो भने प्रभुले उसको रक्षा गर्नुहुने छ " यो उत्तर दिदै गर्दा उसको स्वर काँपेको थियो ।
"रगत बिहिन मासु हुन्छ ?" म मेरो अस्विकारको केन्द्रबिन्दुमा पुग्दै थिएँ ।
" हुदैन तर आखाले नदेखेमा रगतको दोष लाग्ने छैन गुरुहरु भन्नुहुन्छ " यो पटक उसले बाइबलको साहारा लिन मानेन ।
उसले फेरि भन्यो "म यो दायाँ तिरको बाटो जान्छु बरु मोबाइल नं. पाउन । "
मैले मोबाइल नम्बर दिएँ र फेरि भन्यो तपाइले सबै कुरा बुझ्नु भएकै छैन भोलि सनिबार म फोन गर्छु आउनुहोला भन्दै नजिकैको चर्च को ठेगाना दियो । जाने बेला फेरी सर नमस्कार भन्दै दुई हात जोडेर केही झुक्यो र दायाँ पट्टिको गल्ली बाट भित्र छिर्यो , म सरासर कोठामा आएँ ।
भोलि सनिबार म उसको फोन को प्रतीक्षामा त थिइन तर पनि गरिहाल्यो भने के भन्ने होला भनेर सोच्दै बसेँ । बिहान ९ बजे फोन गर्छु भनेको थियो १२ बज्यो गरेन , १,२,३,४,५,६,..
१० बज्यो रातिको उसले फोन गरेन !
यदि भबिस्यमा गरेछ भने त्यसपछिको कथा पनि लेखुँला क्यारे ।

No comments:

Post a Comment