My Story

Wednesday, July 27, 2016

नोबेल पुरस्कारको दौडमा नेपाली साहित्य

from Onlinekhabar

 के विश्वस्तरमा लेख्ने नेपाली साहित्यकार छैनन्? यस्ता प्रश्नहरू नेपाली साहित्यको बजारमा बारम्बार उठ्ने गरेका छन् । यस्ले के इङ्गित गर्छ भने अब नेपाली लेखकहरू पनि विश्व साहित्यको चौडा ‘लेन’मा दौडिन चाहन्छन् ।
नोबेल पुरस्कारप्रतिको यो सपना, आकाङ्क्षा या अभिरुचिलाई सकारात्मक रूपमा लिनै पर्छ । यद्यपि,नोबेल पुरस्कारसम्म पुग्न धेरै जटिलताहरू छन् जसलाई चिर्नु पनि उत्तिकै जरुरी छ ।
वेन्डी लार्सन र रिचार्ड क्राउसका अनुसार साँस्कृतिक क्रान्ति सकिएको दुई दशकपछि चीनका स्रष्टाहरूले ओस्कर र नोबेल पुरस्कारप्रति गहिरो अभिरुचि राख्दै आएका थिए । फलस्वरूप सन् १९८७ मा “द लास्ट एम्परर”ले नौवटा ओस्कर जित्न सफल भयो भने सन् २०१२ मा चीनका साहित्यकार मो यानले नोबेल पुरस्कार जिते ।
सन् १९०३ बाट प्रदान गर्न थालिएको करिब अढाई लाख अमेरिकी डलरको नोबेल पुरस्कार छिमेकी राष्ट्र भारतका साहित्यकार रविन्द्रनाथ टैगोरले भने सन् १९१३ मै प्राप्त गरेका थिए ।
नोबेल पुरस्कारलाई बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यो त्यस्तो छैन । खासमा त्यसभित्र अनेकौं पत्रहरू छन्, खतरनाक कुइनेटोहरू छन् । ती पत्रहरू नकेलाइकन, ती कुइनेटोहरू पार नगरिकन “नेपाली लेखकले नोबेल पुरस्कार कहिले पाउँछ ? के नेपाली साहित्य विश्वस्तरको छैन ?” जस्ता प्रश्नहरूको उत्तर दिनु व्यर्थ हुन्छ । फ्रान्स, स्पेन र स्वीडेनका एकेडमीका सदस्यहरूले निर्णय गर्ने नोबेल पुरस्कार भूगोल र राजनीति, जाति र लिङ्गले प्रभावित हुने गर्दछ; यसमा दुई मत छैन ।
प्रारम्भ(सन् १९०१)मा फ्रान्सेली लेखक सुली प्रुधोम्मलाई दिइएको पुरस्कार नै घोर विवादमा पर्‍यो । त्यो समय सुविख्यात रुसी साहित्यकार लियो टोल्स्टोयले पाउनु पर्ने आवाज विश्वभरि उठेको थियो । स्वीडेनका ४२ जना लेखकले ‘यो पुरस्कारको असली हकदार लियो टोल्स्टोय मात्रै हुनसक्छन्’ भनेर हस्ताक्षर समेत गरेर नोबेल एकेडेमीमा बुझाएका थिए ।
टोल्स्टोयले आफूलाई नोबेल पुरस्कार नदिएकोमा पत्रकारहरूले सोधेको प्रश्नमा प्रतिक्रिया दिएका थिए- “नोबेल पुरस्कार मलाई नदिइएको थाहा पाएर म खुशी छु । यदि दिइएको भए तेत्रो पैसा कसरी प्रयोग गर्ने भनेर ममाथि ठूलो समस्या आइलाग्ने थियो । म विश्वस्त छु, तेत्रो पैसाले दु:ख मात्रै निम्त्याउँछ ।”
खासमा टोल्स्टोयलाई छनौट कमिटीले नोमिनेशन नै गरेका थिएनन् । उनलाई उनीहरूले वर्जित नै गरे । तर, सय वर्षपछि टोल्स्टोय झनै सुगन्धित हुँदैछन् । पहिलो विजेता विचरा सुलीको नामोनिशान छैन । आफ्नै देश फ्रान्समा समेत उनलाई कसैले चिन्दैनन् ।
२. राजनीतिक दाउपेच
जेफ्री मेयर्स जिकिर गर्छन् अहिलेसम्म १०३(सन् २००७सम्मको रेकर्ड अनुसार) नोबेल पुरस्कार पाउने लेखकहरूलाई चार कित्तामा वर्गिकरण गर्न सकिन्छ, १. अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएका २. गम्भीर र महत्त्वपूर्ण लेखक ३. तेस्रो दर्जाको लेखक ४. अस्पष्ट, अपठनीय र दुनियाँले भुल्ने लेखक ।
अन्तर्राष्ट्रिय प्रसिद्धि कमाएका लेखकहरू टि.एस. इलियट,विलियम बटलर यिट्स, सात्रे(यिनले पाएर पनि बहिष्कार गरे), हेमिङ्वे, अल्वर्ट कामु, सामुयल बेकेट, जर्ज बनार्ड शा, भिएस नायपाल जस्ता जम्मा १७ ले मात्रै पाएका छन् । भने, गम्भीर र महत्त्वपूर्ण लेखकमा रसेल, चर्चिल,नेरुदा, कोट्जी, पामुक जस्ता २६ जनाले पाएका छन् ।
बाँकी ६० जनाले नोबेल पुरस्कार राजनीतिका कारण पाएका हुन् । यो कुरो उनीहरूको प्रोफाइल अध्ययन गर्दा थाहा लाग्छ ।
एज्रा पाउन्ड, फ्रान्ज काफ्का, भर्जिनिया वोल्फ, डि.एच. लरेन्स, चेखव, जेम्स जोयस, जोला, इस्बेन, जर्ज अर्वेल,डब्लु. एच. आउडेन, टेड हग्स, जोर्ज लुइस बोर्गेस् जस्ता महान् लेखकहरूलाई नोबेल पुरस्कारले कहिले देखेनन् । कारण राजनीति नै थियो । जोर्ज लुइजले लगभग पाइसकेका थिए तर उनले अर्जेन्टिनाको जुन्ता तानाशाहको पक्षमा अभिमत जाहेर गरेकोले तुरुन्तै अयोग्य घोषित गरियो । ग्राहम ग्रिनलाई दिइएन किनभने ऊनी फिडेल क्यास्ट्रोका साथी थिए । भाल्डामिर नोभोकोभलाई लोप्पा खुवाइयो, कारण ऊनी कम्युनिस्ट शासनका पक्षपाती दिए ।
नोबेल पुरस्कार विचारधाराको राजनीति त हुँदै हो, यो साँस्कृतिक राजनीति पनि हो । नोबेल पुरस्कारको अहिलेसम्मको इतिहास हेर्दा के बुझिन्छ भने युरोपेली साहित्यकारहरूले अधिकतम जितेका छन् । यसो गरेर के भन्न खोजिएको हो भने कला, सभ्यता, संस्कृति र साहित्यमा “युरोपेलीहरू नै अगाडि छन्” ।
वेन्डी र रिचार्डको रिपोर्टले के देखाउँछ भने विश्वको ८०% प्रतिशत जनसंख्या ल्याटिन अमेरिका, अफ्रिका, एसियामा बस्छन् तर नोबेल पुरस्कार पाउनेको प्रतिशत ८% छ । स्वीडेन(नोबेल पुरस्कारको दाता), नर्वे, डेनमार्क र आइसलैण्डको जनसंख्या ०.००३६% छ तर नोबेल पुरस्कार जित्नेको प्रतिशत १६ छ । नारीवादी धारणाले हेर्दा ११२ जना विजेता मध्ये १३ जना नारीले मात्रै नोबेल पुरस्कार जितेका छन् ।
रवीन्द्रनाथ टैगोरले नोबेल पुरस्कार पाउनुको पछाडि राजनीतिको पनि मुख्य हात रहेको धेरैले दाबी गरेका छन् । सन् १९१३ मा भारतमा बेलायती उपनिवेश थियो । बेलायत र स्वीडेन बीचमा राम्रो सम्बन्ध थिएन । तेसकारण स्वीडेनको राजकुमार विलियमले स्वीडेन एकेडमीमाथि सोझो हस्तक्षेप गरेर टैगोरलाई नोबेल पुरस्कार दिन लगाएका हुन् । जस्ले गर्दा बेलायतलाई लघुताबोध भयो, भनिन्छ ।
बेलायतले आफूलाई युरोपेली संस्कृतिभन्दा वृटिस या इङलिस संस्कृति भनेर चिनाउन गर्व गर्दछ । त्यो कुरो हालै युरोपेली युनियनबाट बेलायत अलग हुनुले झनै पुष्टि गरेको छ । बेलायतको साहित्यलाई संसारले हेयदृष्टिले हेरोस् भन्नलाई नै सन् १९५३ मा बेलायती प्रधानमन्त्री विस्टन चर्चिलको आत्मकथा(जहाँ इतिहासको लेखन मात्र छ, साहित्य छैन) लाई साहित्यमा नोबेल पुरस्कार दिइयो । पुरै हास्यास्पद ।
३. छनौट कमिटी, भाषा र संस्कृति
नोबेल पुरस्कार दिनका लागि सिफारिस कमिटी बनाएर विश्वभरिबाट साहित्यकारहरूका कृति र प्रोफाइलहरू बटुल्ने गरिन्छ । कमिटीका सदस्यहरूले अङ्ग्रेजी भाषामा प्रकाशित कृतिहरू मात्रै मूल्यांकनमा राख्ने गर्दछ्न् । त्यो बाहेक फ्रेन्च र स्पेनिस भाषामा लेखिएका कृतिहरू सोझै मूल्यांकनमा समावेश हुन्छन् । किनभने फ्रान्स र स्पेनका एकेडेमी सदस्यहरू निर्णायक कमिटीमा हुने हुँदा फ्रेन्च र स्पेनिस भाषा उनीहरूले बुझ्दछ्न् ।
नोबेल पुरस्कारको लागि सिफारिस गर्ने कमिटी यसबमोजिमका गठन गरिन्छ – १. स्वीडिस र अन्य राष्ट्रिय एकेडेमीका सदस्यहरू(स्वीडेन), २. विभिन्न विश्वविद्यालयका भाषा र साहित्यका प्राध्यापकहरू(स्वीडेन), ३. वितेका वर्षका विजेताहरू र ४. राष्ट्रिय लेखक संघका अध्यक्षहरू । यो सिफारिस कमिटीले जम्मा १००देखि १५०सम्म लेखकहरू मात्रै सिफारिस गर्न पाउँछन् ।
जनवरी अन्तिम सातासम्म सदस्यहरूले सिफारिस गरिसक्नु पर्नेछ । र फेब्रुअरी पहिलो सातादेखि हरेक हप्ता मिटिङ बस्छन् । गहिरो विमर्श चल्छ तर यो विमर्श अत्यन्तै गोप्य हुन्छ । कतिपयले रहस्यमय पनि हुन्छ भन्ने गरेका छन् । आफूले सिफारिस गरेका लेखक बारे सदस्यहरू एकसेएक दलिल पेश गर्छन् । तेसपछि केही सम्भावित विजेताहरू छानेर ती लेखक बस्ने देश(शहर)मा गुप्तचरहरू पठाउँछ स्वीडिस एकाडेमीले । अन्ततः एकजना या दुईजना(या तीनजनासम्म)लाई साहित्यमा नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिन्छ ।
सिफारिस कमिटीले अङ्ग्रेजी भाषामा प्रकाशित लेखकहरूका कृतिहरू मूल्यांकन गर्ने गर्दछ्न् । स्वीडिस,फ्रेन्च र स्पेनिस भाषामा प्रकाशित लेखकहरू पनि सोझै हेर्न सक्छन् । नोबेल एकेडेमीको पुस्तकालयमा विश्वभरिबाट आएका पुस्तकहरू पनि हेरिन्छन् जाँचिन्छ्न् ।
अन्य भाषामा (जस्तै चिनियाँ, जापानी, हिन्दी, रसियन,नेपालीइत्यादि) लेखिएको साहित्यको मूल्यांकन गर्दा ती भाषाको अङ्ग्रेजी अनुवाद अनिवार्य हुन्छ । तेसकारण माधव घिमिरे, वैरागी काइँला, इन्द्रबहादुर राई, तुलसी दिवस, सरुभक्त, विक्रम सुब्बा, आहुति, कृष्ण धराबासी,दिनेश अधिकारी, कुमार नगरकोटी, नयनराज पाण्डे, श्रवण मुकारुङ, भूपाल राई, मोमिला, राजन मुकारुङ, उपेन्द्र सुब्बा, विमला तुम्खेवा, सरिता तिवारी, स्वप्निल स्मृति,बुद्धिसागर, स्वरस्वति प्रतीक्षा जस्ता नेपाली साहित्यकारले नोबेल पुरस्कार पाउन उनीहरूको कृति अङ्ग्रेजीमा अनुवाद हुनु जरुरी छ । तर पहिलो दर्जाको अनुवाद हुनु पर्छ ।
हिजोआज कतिपय लेखकहरूले नोबेल पुरस्कारको नोमिनेशमा छानिनकै लागि मात्र पनि पैसा दिएर एजेन्ट राख्ने गरेका छन् । पहिलो विजेता सुलीबाहेक बारम्बार नोमिनेशनमा दोहोरिएकाहरूले मात्रै नोबेल पुरस्कार जित्ने गरेका छन् । राष्ट्रको गौरवसँग दाँजिने गरिएकोले कतिपय राष्ट्रले आफै पनि आफ्नो देशको लेखकको लागि च्यानल फिट गर्ने गर्दछ्न् ।
रविन्द्रनाथ टैगोरले बंगाली या हिन्दी भाषामा लेखेकाले नोबेल पुरस्कार पाएका होइनन् । उनले यो पुरस्कार पाउँदा उनको गितान्जली कृतिको अङ्ग्रेजी अनुवादलाई आधार बनाइएको थियो, अङ्ग्रेजी भाषामा यो मात्रै उपलब्ध थियो उनको कृति । टैगोरलाई नोबेल पुरस्कार प्रदान गर्दा “पाश्चात्य जगतमा सजिलै पाचन हुन सक्ने साहित्य सर्जक” भनेर उनको नोबेल डिप्लोमा पत्रमा लेखिएको छ ।
चिनियाँ साहित्यकार मो यानका कथाहरूको अङ्ग्रेजी अनुवाद नोबेल पुरस्कारका निर्णायकहरूले पढेका थिए । सन् १९६८ सालको नोबेल पुरस्कार विजेता जापानी यासुनारी कावाबाता मात्रै यस्ता भाग्यमानी लेखक हुन् जसको कृतिको कुनै अनुवाद थिएन । तर, उनको अंङ्ग्रेजी एजेन्ट थियो, जसले उनको कृति र प्रोफाइल तयार गरेर निर्णायकहरूको मन जित्न सफल भए । जापानी लेखकलाई नोबेल पुरस्कार दिनुको पछाडि जापान आर्थिक रूपले धनी भएको र एटम बमले लगाएको घाउमा मलम लगाइदिएको विश्लेषण पनि गर्ने गरिन्छ ।
सिङ्गो अफ्रिका महादेशबाट नोबेल पुरस्कार पाउने नाइजेरियाका सोयिन्काले नाइजेरियन भाषामा लेख्दैन थिए । ऊनी अङ्ग्रेजीमा लेख्थे र बेलायतमा उनको नाटक मन्चन हुन्थ्यो । उनले नोबेल पुरस्कार पाउनुमा युरोपेली भाषा र संस्कृतिकै योगदान देखिन्छ । नत्र ऊनीभन्दा शक्तिशाली लेखक चिनुवा अचेबेले पाउनुपर्ने थियो नोबेल पुरस्कार ।
गैर युरोपेली लेखक तर जसको सम्बन्ध युरोप र अमेरिकासँग कुनै न कुनै रूपमा छ- ले नोबेल पुरस्कार पाउने प्रबल सम्भावना देखिन्छ । जस्तो चिलीका पाब्लो नेरुदा र अफ्रिकाकासोयिन्का यसका गतिला उदाहरण हुन् । नेरुदा फ्रान्स बसे, बेलायतको उपवेशमा जागिरे भएर बर्मा बसे । नेरुदा स्पेनिस र अङ्ग्रेजीमा लेख्थे । नेरुदा त चिलीका राजदूत पनि थिए ।
४. विचार र सौन्दर्यशास्त्र
नोबेल पुरस्कारको जन्मदाता नोबेल अल्फ्रेडको विचार थियो “आफ्नो समयको मास्टर जस्ले साहित्यमा कल्पनाशीलताको उचाईमा पुगेर समग्र मानवको हित गरोस् तेस्तो साहित्यकारलाई पुरस्कार दिइयोस् जसले गर्दा उसले स्वतन्त्र भएर साहित्यमा लाग्न पाओस्,अर्थका लागि उसले आफ्नो सिर्जनशिलता नगुमाओस्” । अहिलेसम्म नोबेल पुरस्कार पाउनेहरूको फेहरिस्त हेर्दा “उत्कृष्ट आदर्श” लाई नै नोबेलले वैचारिक पक्ष बनाएको बुझिन्छ । अर्थात् युरोपेली सौन्दर्यशास्त्रमा लेख्नेहरूलाई नै धेरै पुरस्कृत गरिएको पाइन्छ । मार्क्सवादी सौन्दर्यशास्त्र विरुद्धमा लेख्ने साहित्यकारहरूलाई पनि यो पुरस्कार दिइएको छ । र, प्राय ९० प्रतिशतले मर्ने बेला मात्रै नोबेल पुरस्कार पाएका छन्, जसलाई अब पैसाको कुनै अर्थ छैन ।
५.र, अन्त्यमा नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाली साहित्यकारलाई नोबेल पुरस्कारको नोमिनेशनमा पार्न सक्नु मात्रै पनि ठूलो सफलता हो । यसका निम्ति प्रतिष्ठानले सम्भावित उमेदवारहरू चयन गरिकन उनीहरूको कृतिको अनुवाद गर्ने गराउने गर्नुपर्छ । स्वीडेन, फ्रान्स र स्पेनका एकेडेमीहरूसँग हरेक वर्ष विचार आदानप्रदान र विचारविमर्शका कार्यक्रमहरू आयोजना गरिरहनुपर्ने हुन्छ । जस्तो पूर्वविजेताहरूलाई प्रवचनको लागि बोलाउने । अर्थात् जिब्रो नचपाई भनौं – नोबेल पुरस्कार दाताहरू र कमिटीका सदस्यहरूको चाप्लुसी गर्ने । अर्थात् आदर्शको चाकरी गर्ने ।
नेपाली कला, संस्कृति र साहित्य भारतसँग मेल खाने तर्क गर्दछ्न् पश्चिमाहरू । तेसैले प्रतिष्ठानले मौलिक नेपाली कला, संस्कृति र साहित्यलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । दलीय राजनीतिलाई प्रोत्साहन गर्नु हुँदैन । विशेषज्ञहरूलाई काम गर्न प्रज्ञाले निस्वार्थ रूपमा बोलाउनु पर्छ । नेपाली राष्ट्रिय संस्कृतिको निर्माण गरेर तेसैलाई कला र साहित्यमा अगाडि बढाउनु पर्छ । भारतीय साहित्यभन्दा नेपाली साहित्यको सौन्दर्यशास्त्र बेगल हुनैपर्छ । यसमा प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।
लेखकहरू पनि क्षणिक आवेगमा नबगिकन गम्भीर र चिन्तनशील भएर मौलिक नेपाली साहित्य लेखनमा अहिलेबाटै समर्पित र प्रतिबद्ध भएर लागे अबको ५० वर्षपछि नेपाली साहित्यले नोबेल पुरस्कार कसो नपाउला? हगि !

Monday, June 20, 2016

प्रेम मानव सभ्यताले पछ्याएको महापाप हो ।

   भुवन तिमिल्सैना   

तिमी ढिलो भयौ । मेरो जीवन प्रेम प्रतिशोधको अनन्त यात्रामा लिन छ । अब तिम्रा प्रेमालापले यो यात्रामा अबरोध गर्न सक्दैन । मेरो प्रेमलाई तिमिले कुल्चियौ , प्रेम गलत थियो म गलत थिएँ ।
निराकार चिन्तनको मार्ग अत्यन्त साँघुरो छ । तिमी पनि बरु प्रेम प्रतिशोधको यो यात्रामा सरिक होउ , तिमिलाइ हार्दिक स्वागत छ । माया र मोहको भुमरीमा अल्झिनु व्यर्थ छ । मैले भने नि प्रेम मानव सभ्यताले पछ्याएको महापाप हो ।
एक युवक र युवती बिचको किञ्चित यौन भावनामा मात्रै प्रेम पाप होइन , मान्छेको जीवन सुरु भएको दिनदेखी जिवन्त - परिवार, साथीभाइ, समाज र सृष्टि तथा आफ्नै जीवन प्रतिको मोहित भाव पनि प्रेम नामको महा पाप हो । साकार कुरा मात्रै सत्य छ भन्ने भ्रमबाट मुक्त होउ, सृष्टि संचालन पद्धति निराकार छ ।

मान्छेको जीवन प्रेमका लागि होइन,प्रेम मान्छेका लागि पनि होइन । पाप गर्न सजिलो छ,सन्तुष्टि को अर्को रुप पाप हो । मान्छे पाप गर्न जन्मेको जस्तो जन्मिदै पापलाई पछ्याउँदै आयो । शारीरिक सन्तोष आत्मासन्तोष को दुश्मन हो । शरीर त साधनाले आत्माको परिसुद्धी का लागि प्रदान गरिएको उपहार हो । तिमी त्यही शरीर को लालचमा सन्तुष्टि खोज्न थाल्यौ । शरीर पापको डल्लो हो, पापको डल्लोले नै सत्यसाधना गरि आत्माशान्ती गराउनु नै यस जीवन को परम कर्तब्य हो ।
मन के हो भन्छौ ? मन पनि यहि शारीरिक पापको दुष्चक्रको अभिन्न त हो । शारीरिक सुखको अन्तर चेतना नै मन को खुसी होइन र ? प्रेमयुक्त सांसारीक मोहरुपी जीवन मिथ्या हो । सत्य खोज्नु जरुरी छ । सत्याग्रह ।
त्यसैले तिमिलाइ यो प्रेमप्रतिशोध को यात्रामा सप्रेम सामेल हुन निशेध गरिएको छ ।

Sunday, December 27, 2015

न कथा न कथुनी

बिपी तिमिल्सैना 
कथा न कुथुनी


सर नमस्कार ! आवाज पछडीबाट आएको थियो । पछाडी बाट गरिएको नमस्कारमा सन्देह राखिरहनु उचित थिएन किन कि त्यो मेरो लागि थिएन । हेलो सर ! कुममा हात राख्दै कसैले नम्रम स्वोरमा पछाडीबाटै बोल्यो । फनक्क फन्किएँ उसले फेरि हात जोडि नमस्कार गर्यो प्रतिउत्तरमा नमस्कार जस्तो गरिदिएँ किन कि हरेक सनिबार पानी ल्याइदिने दाइले , खाट ओसारेर ल्याइदिने रिक्सावाला दाइले र कहिले कसो यस्तै यस्तै मान्छे हरुको नमस्कार पाउने मैले त्यहाँ पनि त्यो भन्दा गतिलो आशा गर्नु मुर्खता थियो ।
"मैले त चिनिन नि ...हजुर ...को ?"
"चिन्न त मैले पनि चिनेको छैन यद्यपि हामी मान्छे हौँ नि प्रभु द्वारा निर्मित ।" उसले भन्यो ।
मैले उ को हो भन्ने बुझेँ । अनि सोधेँ प्रभु चै को द्वारा सृजित ?
उसले मेरो अस्विकार को तरि
का बुझ्यो र भन्यो " हेर्नुस सर यशु ख्रीष्टको जन्म मानव गर्भ बाट भएको थियो तर त्यो ईश्वरीए रुप थियो । प्रभुले वहाँलाई मानिसको उद्दार गर्नका खातिर यस धर्तीमा पठाउनु भयो ।
"जसले यशु ख्रीष्टलाइ पठाउनुभयो वहाँ को जन्म कसरी भयो "
मेरो प्रश्न सुनेर फेरि सोध्यो "बाइबल" पढ्नुभयो ?
"यी सबै प्रश्नहरु बाइबल पढेपछी मात्रै उत्पन्न भएका हुन"
" के बुझ्नुभयो "
" एउटा सफल भ्रम "
" सर "बाइबल" सफल भ्रम कसरी भयो ?" ?
"oo sorry sorry ! त्यो सफल भ्रम भन्दा उत्कृष्ट साहित्य हो ।"
"साहित्य ?"
" हो एउटा उत्कृष्ट साहित्य ! रामायण,महाभारत,गिता,बाइबल,बेद बेद्दान्त सबै उत्कृष्ट साहित्य हुन पढ्दा बडा मजा आउँछ तर सबैमा भ्रम छ अहम छ एक किसिमको ।"

"हेर्नुस बाइबल पबित्र छ त्यहाँ जे उल्लेखित छ त्यो मानव सभ्यताको बिकासमा सत्यसाबित छ " उ जोसिदै बोल्यो ।

"बेदले पनि युग को बर्गिकरण गरेको छ जसानुसार यो कलि युग हो कलि युगमा के के घट्ने छ त्यहाँ पनि उल्लेख छ जो हामीले भोगिरहेका छौँ ।"
बेदको व्याख्या सुनेपछी झन्कियो क्यारे भन्यो " जे सुकै भन्नुस प्रभुलाइ बिश्वास नगर्नेहरुलाइ प्रभुले रक्षा गर्नुहुने छैन "

" तपाईहरुको प्रभुले बाच्न दिदैन "
"बाँचन दिदैन ? प्रभुले धर्तीमा विभिन्न रोगीहरुको रोग निको पार्नुभयो कोणी लाई कोण मुक्त पार्नु भयो "
" रक्तदान गर्नुभएको छ ? "
"छैन प्रभुले मानव जातीका लागि रगत बगाइसक्नुभएको छ हाम्रा लागि त्यो आवस्यक छैन "
"मानौ तपाइको छोरा अस्पताल मा रगतको अभावमा छटपटाइरहेको छ रगत दिनुहुन्छ ??"
"दिन्न, त्यो बाइबलमा बर्जित छ यदि त्यसो भयो भने प्रभुले उसको रक्षा गर्नुहुने छ " यो उत्तर दिदै गर्दा उसको स्वर काँपेको थियो ।
"रगत बिहिन मासु हुन्छ ?" म मेरो अस्विकारको केन्द्रबिन्दुमा पुग्दै थिएँ ।
" हुदैन तर आखाले नदेखेमा रगतको दोष लाग्ने छैन गुरुहरु भन्नुहुन्छ " यो पटक उसले बाइबलको साहारा लिन मानेन ।
उसले फेरि भन्यो "म यो दायाँ तिरको बाटो जान्छु बरु मोबाइल नं. पाउन । "
मैले मोबाइल नम्बर दिएँ र फेरि भन्यो तपाइले सबै कुरा बुझ्नु भएकै छैन भोलि सनिबार म फोन गर्छु आउनुहोला भन्दै नजिकैको चर्च को ठेगाना दियो । जाने बेला फेरी सर नमस्कार भन्दै दुई हात जोडेर केही झुक्यो र दायाँ पट्टिको गल्ली बाट भित्र छिर्यो , म सरासर कोठामा आएँ ।
भोलि सनिबार म उसको फोन को प्रतीक्षामा त थिइन तर पनि गरिहाल्यो भने के भन्ने होला भनेर सोच्दै बसेँ । बिहान ९ बजे फोन गर्छु भनेको थियो १२ बज्यो गरेन , १,२,३,४,५,६,..
१० बज्यो रातिको उसले फोन गरेन !
यदि भबिस्यमा गरेछ भने त्यसपछिको कथा पनि लेखुँला क्यारे ।

Sunday, November 15, 2015

मजबुरी

                        मजबुरी

जहाँ हरेक क्षण हरेक समय कीर्तिमान को लडाइँ हुन्छ
आफैं संग आफ्नै जीवन संग नितान्त एक्लो

ती अग्ला अग्ला मजबुरीका पहाडहरु
बाध्यताका भिरहरु, मा मेरि आमा को
एक्लै एक्लै प्रतिस्पर्धा हुन्छ आफ्नै जीवन संग
तर हरेक बिजय दु:खदायी हुन्छ
किनकी
त्यो कृतिमानी मजबुरी भन्दा माथी उठ्नै सक्दैन

किन जिन्दगी भाँचिने,भत्किने डर हुदैन
किन जीवन प्यारो लाग्दैन त्यो लडाइँमा ?
प्रकृति संगको लडाइँ , बचेराहरुका लागि
भिर,पाखा,पखेरा संग लडाइँ अस्तित्व का लागि

खुसी खोसिएको निरीह मुहार देखेर जसरी मेरो मन पीडाले वकवाकी गर्छ
त्यसरी नै अरुको पनि गर्दो हो ?
गर्दो हो ?
यदि गर्दो हो, हाँसोका रश्मीहरु उदाइसक्थे
खुसीको अभ्युदय भैसक्थ्यो त्यो युग मै
किन कि म संग पनि मजबुरी छ
सम्पती सम्पुर्ण !

Tuesday, October 13, 2015

Npali Upanyaas

Nepali Upanyaas Sumnima By BP Koirala

Tuesday, October 6, 2015

I have started this blog....

Jaane belaa maa
Add caption