मजबुरी
जहाँ हरेक क्षण हरेक समय कीर्तिमान को लडाइँ हुन्छ
आफैं संग आफ्नै जीवन संग नितान्त एक्लो
ती अग्ला अग्ला मजबुरीका पहाडहरु
बाध्यताका भिरहरु, मा मेरि आमा को
एक्लै एक्लै प्रतिस्पर्धा हुन्छ आफ्नै जीवन संग
तर हरेक बिजय दु:खदायी हुन्छ
किनकी
त्यो कृतिमानी मजबुरी भन्दा माथी उठ्नै सक्दैन
किन जिन्दगी भाँचिने,भत्किने डर हुदैन
किन जीवन प्यारो लाग्दैन त्यो लडाइँमा ?
प्रकृति संगको लडाइँ , बचेराहरुका लागि
भिर,पाखा,पखेरा संग लडाइँ अस्तित्व का लागि
खुसी खोसिएको निरीह मुहार देखेर जसरी मेरो मन पीडाले वकवाकी गर्छ
त्यसरी नै अरुको पनि गर्दो हो ?
गर्दो हो ?
यदि गर्दो हो, हाँसोका रश्मीहरु उदाइसक्थे
खुसीको अभ्युदय भैसक्थ्यो त्यो युग मै
किन कि म संग पनि मजबुरी छ
सम्पती सम्पुर्ण !